पोखरा-
नेपथ्य ब्याण्डको प्रस्तुतीः पोखरामा हुने भए पछि उक्त कार्यक्रमलाई सफल पार्न यति वेला तयारी तिव्र पारिएको छ । सामुदायिक बिद्यालयको सहयोगार्थ फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण पोखरामा हुने भए पछि उक्त कार्यक्रमको तयारी तिव्र पारिएको कार्यक्रम संयोजक विकेश कायस्थले बताए ।
उक्त ईभेण्ट मार्फत नेपालकै चर्चीत ब्याण्ड नेपथ्यले आउदो ८ अप्रिल अर्थात चैत्र २६ गते शनिबार पोखरा रंगशालामा लाईभ प्रस्तुतीः गर्ने भएको आयोजक पोखरेली युवा किरण गुरुङले बताए । उक्त कार्यक्रमलाई सफल पार्न पोखरामा रहेका विभिन्न उच्च माविहरुमा प्रचार अभियान समेत संचालन गरिएको छ । संचारकर्मी विमला थापाको संयोजकत्वमा कलेज क्याम्पियन सुरु भएको हो । टोलीले पश्चिमाञ्चल उच्च मावि, मदरल्याण्ड, स्टेप वाई स्टेप, पोखरा युनाईटेड, पोखरा मल्टिमोडल, विन्ध्यवासिनी, स्पाईरल ग्यालेक्सी, कन्या क्याम्पस, करुणा निधी, लगायतका उच्च माविहरुमा पुगेर कार्यक्रमको बारेमा जारकारी गराउदै सहभागिताको लागि निम्तो दिएको हो । उच्च माविहरुमा जादा बिद्यार्थीहरु नेपथ्यको कार्यक्रम हुने भएकोमा निकै उत्साहित भएको थापाले बताईन ।
यि हुन् नेपथ्य लाइभ कन्सर्टको लागी टिकट पाइने स्थानहरु
उक्त कार्यक्रममा सहभागिताको लागि आयोजकले पोखराका ४२ स्थानमा प्रबेस टिकटको व्यबस्था समेत मिलाएको सह–संयोजक प्रबेस कायस्थले बताए ।
उनका अनुसार पोखरा ट्रेड मलमा रहेका चेन्जर वेयर, न्यू पिन्स ग्लीटर्स, नेम ईट थ्री, बि योर फेसन स्टोर्स, स्केलेसन ईडिट–हेप्पी गल्स, तेजस्वी ज्वलर्स, पुरानो बिशाल बजार नजिक कुटुम्भ क्याफे, महेन्द्रपुलका ओपन हाउस र निरमाया दोहोरी साँझ, चिप्लेढुंगाका श्रीसा फेमिलि स्टोर्स, म्युजिक मानिया, आर्चीस ग्यालरी, आद्धित्य ईम्पेक्स, बेबिल्याण्ड फेन्सि स्टोर्स, सोल्टी फोम हाउस र सुसान्त फेन्सी, न्युरोडका म्युजिक मन्त्र र गिटार नेशन, लेकसाईडका डुंगा रेष्टुरेण्ट एण्ड लाउन्ज वार, अक्सिजन, प्यराडिसो स्पोटर्स एण्ड वार, ट्रिसारा, बिजिबी, हानकुक साराङ (कोरीयन रेष्टुरेण्ट), ओजोन डिस्को, राईस वोल, बुम¥याङ, आईरिस पव र जोर्बा, बगरको लान्द्रुक डिपाटमेन्टल स्टोर्स, टुडिखेल बगरको माउण्ट साईवर एण्ड ईलेक्ट्रोनिक्स, भिमकालिपाटन बगरको जल माछापुच्छ्रे सपिङ सेन्टर, बगरचोकको मौलादिन घडी रेडियो मोवाईल सेन्टर, राष्ट्रबैंक चोकको रिजन फोटो एण्ड स्टेश्नरी, पार्दी विरौटाको तेज डिपाटमेन्टल स्टोर्स, ड्यामसाईडको सुनसरी अन्नपुर्ण क्याफे, रामबजारका नविल सपिङ सेन्टर र स्याङजा पर्वत होटल, अम्मरसिंहचोकका रोसनीवुक्स एण्ड स्टेश्नरी र गणेश हिमाल फोटो सप, गुम्वा फेदी माटेपानीको मनाङ ममः हाउसमा टिकट उपलब्ध भएको छ।
कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर प्राविको सहयोगार्थ उक्त कार्यक्रम हुने भएको आयोजक किरण गुरुङले बताए । गुरुङ सहित उनकी श्रीमती सोनाम गुरुङले आयोजन गर्न लागेको उक्त कार्यक्रमबाट करीब १५ देखि २० लाख रुपैया बचत गरी उक्त रकम बिद्यालयको शैक्षिक विकासको लागि आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको किरणले बताए । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ रहेका छन । उनको पोखरा २५ पुम्दी भुम्दी कालाभाङमा घर भएकोले उनको प्रस्तुतीःमा पोखरा आसपास सहित छिमेकी जिल्लाबाट समेत तिन बर्ष सहभागि भएका दर्शकहरु यस बर्ष अझ बढी उत्साहित हुने आफुहरुले अपेक्षा गरेको किरण गुरुङले विश्वाश व्यक्त गरेका छन । नेपथ्य ब्याण्डका मुख्य भोकलिष्ट अमृत गुरुङले १८ देखि २० वटा सम्म गितहरु प्रस्तुतः गर्ने भएका छन ।