पोखरा-
पोखराको लेकसाइड क्षेत्रमा डस्टबिनको खोजी गर्दै विदेशी पर्यटकहरु ।
पोखरा घुम्न आएका बिदेशी पर्यटक पानी पिएपछी बोतल फाल्ने डस्टबिन नभेटदा हातमा लिएर यसैगरी डुल्ने गर्दछन । ठाउँ ठाउँमा डस्टबिनको व्यवस्था नहुदा पानि मात्र हैन अन्य खानेकुरा खाएपछि त्यसको खोल तथा बोक्रा यसैगरी हातमा बोकेर अथवा आफैले बोकेको झोलामा राखेर हिड्नुपर्ने अवस्था छ पर्यटकलाई पोखरामा ।
पर्यटनको राजधानी पोखरा अनि पोखराको मुटु लेकसाइडमै आवश्यक रुपमा डस्टबिनको व्यवस्था नहुदा पर्यटकले सास्ती त भोगेका छननै यसले पोखराको बारेमा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रचार समेत नभएको होला भन्न सकिदैन ।
बातावरण प्रदूषण प्रति निकै सचेत रहने बिदेशी पर्यटकहरुले सार्वजनिक स्थानमा फोहोर फाल्ने गर्दैनन् ।
मिति २०७४/०९/०२ मा अध्यावधिक गरिएको