पोखरा न्युज – १३ चैत ।
पोखरातर्फ आउँदै गरेको ट्याक्सी मंगलबार स्याङ्जा पुतलिबजार नगरपालिका १० सुम्रेखोलामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
सुम्रेखोला स्थित सिद्धार्थ राजमार्गमा बाटो छेउमा रोकि राखेको ग१क ३६३८ नम्बरको टिपरमा वालिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ३४३९ नम्बरको भाडाको ट्याक्सी अनियन्त्रित भई ठोक्किदा ट्याक्सीमा सवार चालक सहित ५ जना घाईते भएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरु मध्ये २ जनालाई मणिपाल अस्पताल पोखरामा रिफर गरीएको र ३ जनाको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले बताए ।
दुर्घटनामा परी घाइते हुनेहरु मध्येका स्याङंजा वालिङ नगरपालिका ८ बस्ने ५० बर्षीय ट्याक्सी चालक थान बहादुर मगर र २५ बर्षीया भानु मगरलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ् निवासी २६ बर्षीय धन कुमारी कुँवर, पर्बत हातेमालो गाउँपालिका ४ निवासी ७४ बर्षीय गौमती राना र ५२ बर्षीय दुर्गा कुमारी रानाको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।