पोखरातर्फ आउँदै गरेको ट्याक्सी सुम्रेखोलामा दुर्घटना हुँदा ५ जना घाइते

पोखरा न्युज – १३ चैत ।

पोखरातर्फ आउँदै गरेको ट्याक्सी मंगलबार स्याङ्जा पुतलिबजार नगरपालिका १०  सुम्रेखोलामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

सुम्रेखोला स्थित सिद्धार्थ राजमार्गमा बाटो  छेउमा रोकि राखेको ग१क ३६३८ नम्बरको  टिपरमा वालिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ३४३९ नम्बरको  भाडाको  ट्याक्सी अनियन्त्रित भई ठोक्किदा ट्याक्सीमा सवार चालक सहित ५ जना घाईते भएका हुन्  । दुर्घटनामा परी घाइते भएकाहरु मध्ये २ जनालाई  मणिपाल अस्पताल पोखरामा  रिफर गरीएको र ३ जनाको  जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले बताए  ।

दुर्घटनामा परी घाइते हुनेहरु मध्येका  स्याङंजा वालिङ नगरपालिका ८ बस्ने  ५० बर्षीय ट्याक्सी चालक थान बहादुर मगर र  २५ बर्षीया भानु मगरलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ् निवासी २६ बर्षीय धन कुमारी कुँवर, पर्बत हातेमालो गाउँपालिका ४ निवासी ७४ बर्षीय गौमती राना र  ५२ बर्षीय दुर्गा कुमारी रानाको  जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको पनि प्रहरीले उल्लेख गरेको  छ ।

टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button