पोखरा न्यूज – ०४, फागुन ।
स्याङजामा शनिबार चट्याङ पर्दा एक महिला गम्भीर घाइते भएकी छन् । चट्याङ परेर फेदीखोला गाउँपालिका-३ भाटखोलाकी ४2 बर्षिया मिना रानाभाट घाइते भएको प्रहरीले जनाएको छ ।
रानाभाट आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा बेहोस भएपछी उपचारको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पश्चिमान्चल क्षेत्रीय अस्पताल) मा पठाइएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए ।
त्यसैगरी चट्याङकै कारण गोठका बस्तु समेत मरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चट्याङले स्थानीय धर्मराज बस्नेतको गोठमा रहेको गोरु र बोका मरेका हुन् ।