पोखरा न्यूज – १८, फागुन ।
तनहुँमा सवारी दुर्घटनामा परी पोखराका दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तनहुँका एक युबक घाइते भएका छन् ।
व्यास नगरपालिका – ४ बुल्दीपुलमा डुम्रेबाट दमौलितर्फ आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार र बुर्तिबाङबाट काठमान्डौ जाँदै गरेको ना ७ ख २८४४ नम्बरको बस एक आपसमा ठक्कर खादाँ कारमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पोखरा – २० का ५६ बर्षीय लिल बहादुर सुनार र ३४ बर्षीय सुनिल गुरुङको मृत्यु भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए । प्रवक्ता पुरीका अनुसार दुर्घटनामा परी घाइते भएका तनहुँ व्यास नगरपालिका – २ का २८ बर्षीय सुन्दर गुरुङको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारी साधन नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।