आर.आर. पौडेल, पोखरा न्यूज – २१, मंसिर । मिस्टर नेपाल २०१९ को पोखरामा अडिसन सम्पन्न भएको छ । नेपालको सबैभन्दा बृहत स्तरको पुरुषहरुको ‘व्यूटी एण्ड ट्यालेन्ट सो’ को पोखरा अडिसनबाट तिनजना प्रतिस्पर्धी छनोट भएका छन् ।
छनोट हुनेमा जिरो किमिका अजित परियार, नयाँ गाउँका नविन रानाभाट र बुद्धचोकका निसान सुनार छन् । एक्स्पोज नेपालबाट आयोजनाहुने ‘मिस्टर नेपाल २०१९’ प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुन्छ ।
यस मार्फत युवाहरुको व्यक्तित्व विकास, आत्माविश्वास अभिबृद्धि र क्षमता उजागर हुने अवसर मिल्छ । मिस्टर नेपालका लागि धनगढी, इटहरी, विरगञ्ज, चितवन, बुटवल पोखरा र काठमाण्डौमा अडिसन भएको हो ।
अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुले काठमाडौंमा हुने मिस्टर नेपालको फाइनल प्रतिस्पर्धा डिसेम्बर २६ मा सहभागी बन्नेछन् । उपाधि विजेताले विश्वका सबै मुलुकबाट छानिएर आएका प्रतिस्पर्धीहरुसँग अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि मिस्टर वल्र्डमा सहभागिता जनाउने अवसर पाउनेछन् ।