पाेखराकाे कालिका माविलाई क्रिकेट उपाधि

पोखरा । कंगारु एजुकेसन फाउन्डेसन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधि कालिका माविले जितेको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा शुक्रबार भएकाे फाइनलमा सिद्ध माविलाई चार विकेटले पराजित गर्दै कालिकाले उपाधि जितेको हो ।

पहिला व्याटिङ गरेको सिद्धले पूरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय चार रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलर पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान तीन तथा अञ्जना सिंखडाले दुई विकेट लिइन् ।

जितका लागि एक सय पाँच रनको लक्ष्य पछ्याएको कालिकाले १९ औं ओभरमा छ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो ।

कालिकाको जितमा श्रद्धा गुरुङले अभिजित २६ तथा रिया गुरुङले २१ रनको पारी खेले । सिद्धका बलर रेजिना गदलले दुई तथा सञ्जिला राना मगरले एक विकेट लिइन् ।

प्रतियोगितामा कुल एक सय ४६ रन तथा सात विकेट लिएकी सिद्धकी रचना चौधरी प्लेयर अफ द सिरिज बनिन् । दुई सय तीन रन बनाएकी कालिकाका रिया गुरुङ वेष्ट ब्याटर तथा नौ विकेट लिइकी श्रद्धा गुरुङ उत्कृष्ट बलर भइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button