बारपार्कमा १० राष्ट्रका साईकल यात्रीहरु पर्यटन प्रवद्र्धन गर्न पुग्ने

पोखरा, २५ चैत्र – 

आगामी वैशाख १२ गते गोर्खाको बारपार्कमा अमेरीका सहित १० राष्ट्रका २ सयजना साईकल यात्रीहरु नेपालको पर्यटन प्रवद्र्ध नगर्ने उद्धेश्यले पुग्ने भएका छन ।

पुनः निमार्णका लागि साईकल यात्रा भन्ने मुलनाराका साथ रुपीनाला युथ सोसाईटी नेपाल बारपाकले नेपालको पर्यटन क्षेत्र विश्व सामु सुरक्षित भएको सन्देश दिने उद्धेश्यले उक्त सार्ईकल यात्रा गर्न लागिएको सोसाईटीका अध्यक्ष तुलाराम घलेले विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन । उनका अनुसार उक्त साईकल यात्रामा अमेरीका, ईटली, बंगलादेश, भारत, नेपाल लगायतका अन्य मुलुकका गरी १० राष्ट्रका २ सय जना भन्दा बढी सहभागि हुने भएका छन ।

चैत्र १० गते पोखरा र काठमाण्डौंबाट छुट्टा छुट्टै रुपमा सुरु हुने साईकल यात्रा चैत्र ११ गते गोर्खामा पुग्ने भएको छ । चैत्र ११ गते गोर्खाबाट पोखरा र काठमाण्डौं लगायतका क्षेत्रबाट सहभागि भएका साईकल यात्रीहरु गत वैशाख १२ गते भूकम्प जादा केन्द्र विन्दु रहेको गोर्खाको बारपाकमा पुगेर सामुहित रुपमा श्रद्धान्जली अपर्ण गरी नेपालमा अब सवै ठाँउहरु सुरीक्षत भएको सन्देश दिने भएको घलेले जनाए । क्रसकन्ट्री माउण्टेन वाईकीङ एड्भेन्चर खेलको समेत प्रवद्र्धन गरी नेपालमा धेरै प्राकृतिक सम्पदा तथा कला संस्कृतिहरु अझै सुरक्षित छन भन्ने सन्देश दिदै विश्वका मुलुकका पर्यटकलाई नेपालहुदै गोर्खासम्मको लागि आउन सक्ने सन्देश दिनु पनि आफुहरुको साईकलयात्रा सुरु गर्न लागिएको अध्यक्ष घलेले जनाए । वैशाख १२ गते ११ः५६ बजे बारपार्क क्षेत्रमा पुगेर सवैले एक मिनेट मौन धारण समेत गर्ने भएका हुन । “युवा स्वरोजगार हाम्रो गाँउ, राम्रो गाँउ, कर्म गर्र्ने ठाँउ” को सन्देश दिदै स्थानीय युवाहरुलाई गाँउमै परिचान गर्ने समेत आफुहरुको अर्को उद्धेश्य रहेको उनले बताए । साईकल यात्रामा विश्व साईकल यात्री पुस्कर साह देखि अन्य अतिथिहरुको समेत सहभागि हुने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button