नेपाल रेडक्रस सोसाइटीको पोखरामा १७ औं महिला गोष्ठी सम्पन्न

पोखरा, १९ पौष –
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको वार्षिक कार्यक्रम तालिका अनुसार लैंगिक तथा सामाजिक समावेशीकरण समितिको दुई दिने १७ औं जिल्लास्तरीय महिला गोष्ठी सम्पन्न भएको छ ।
कास्की शाखाको आयोजना र नेरेसो पोखरा ७ उपशाखाको व्यवस्थापनमा सो गोष्ठि सम्पन्न भएको हो । गोष्ठीको महिला तथा वालवालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी कार्की जि.सी. ले गर्नुभएको थियो । सो अवसरमा बोल्दै महिला तथा वालवालिका कार्यालय कासकीका प्रमुख लक्ष्मी कार्की जि.सी.ले मानवीय सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा रेडक्रसको पहुंच र भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मदरल्याण्ड उच्च मा.वि.व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद वराल, कास्की शाखाका उपकोषाध्यक्ष सुरेन्द्र गुरुङ, उपसभापति डण्डराज शर्माले रेडक्रस र रेडक्रसमा महिलाहरुको भूमिकाका विषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो । पोखरा ७ उपशाखाका सभापति ठाकुर प्रसाद बरालको सभापतित्व सम्पन्न कार्यक्रममा उपशाखाका उपसभापति प्रभा बरालले स्वागत, सहसचिव महाकाली बरालले सात सिद्धान्त वाचन गर्नु भएको थियो भने गोष्ठीको उद्देश्य माथि कास्की शाखाका उपमन्त्री एवं लैगिक तथा सामाजिक समावेशीकरण समितिका संयोजक उर्मिला खड्काले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपशाखा सचिव दामोदर बरालले गर्नु भएको थियो ।
गोष्ठीमा महिला तथा वालवालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी कार्की जि.सी.ले महिला हिंसा, घरेलु तथा साना उद्योग व्यवसाय कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्यले सीप विकास तथा उद्यमशिलता, कास्की शाखाका उपमन्त्री उर्मिला खड्काले कासकी शाखामा महिला गतिवीधि, व्रम्हकुमारी राजयोगिनी अप्सराले सकरात्मक सौच, उषा वरुवालले कानूनी साक्षरता र कास्की शाखाका उपसभापति डण्डराज शर्माले रेडक्रस अभियानका विषयमा सहजीकरण गर्नु भएको थियो । उक्त गोष्ठीमा कास्की जिल्ला भित्र रहेका विभिन्न ३३ वटा उपशाखाका ६४ जना महिला प्रतिनिधीको सहभागिता रहेको थियो ।
उपशाखाका सभापति ठाकुर प्रसाद बरालको सभापतित्वमा सम्पन्न समापन समारोहमा कास्की शाखाका सभापति बामदेव ढुंगानाले गोष्ठीले महिलाहरुमा सीप विकासको भावना जागृत गराएको, रेडक्रस अभियानमा लाग्न थप प्रेरित गरेको उल्लेख गर्दै जोखिम न्युनिकरणमा अरु जिम्मेवारीपूर्ण तवरले अगाडी वढी रेडक्रस अभियानलाई सशक्त वनाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहभागिका तर्पmवाट मिजुरेडांडा उपशाखाका अमृता अधिकारी र अर्मला उपशाखाका विष्णुमाया आचार्य, उपमन्त्री उर्मिला खड्का, उपसभापति डण्डराज शर्मा, कास्की शाखाका प्रशासन अधिकृत मोहन सिंह खड्काले कास्की शाखाका गतिविधी, सामाजिक सेवाका क्षेत्रमा रेडक्रसको भूमिका र आगामी दिनमा रेडक्रसले गर्नुपर्ने जिम्मेवारी र दायीत्वका विषयमा प्रकाश पार्नु भएको थियो ।