श्री ज्ञानोदय रघु प्राथमिक विद्यालयको ३९ औं वार्षिकोत्सव सोमबार सम्पन्न

पोखरा, २८ पौष –

मौजा गाविस वडा नं. ७ मा अवस्थित श्री ज्ञानोदय रघु प्राथमिक विद्यालयको ३९ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara

जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा रयालेचौर स्रोत केन्द्रका प्रमुख लेखनाथ लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा शिक्षिका राधिका बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने भोजराज बास्तोलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी प्रधानाध्यापक चिन्तामणि बास्तोलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले नयाँ शिक्षा योजना पश्चात आधारभूत शिक्षाको पहुँचका लागि टोल टोलमा विद्यालय पुगेकाले अव कोही विद्यालय बाहिर नभएको र अव गुणस्तर शिक्षाको प्रतिस्पर्धामा जुट्न सरोकार पक्षमा अनुरोध गर्दै शैक्षिक, भौतिक विकासमा आफ्नो समेत सहयोग रहने कुरामा जोड दिएका थिए भने अभिभावक शिक्षक र विद्यार्थीहरुको भूमिकालाई प्रष्ट पार्दै उत्तरोत्तर प्रगतिको कामना समेत दिएका थिए।

कार्यक्रमको अवसरमा अष्टे«लियामा रहेका नेपाली नागरिकद्वारा संकलित रकम एक लाख रुपैयाँ अष्ट्रेलियन नागरिक चुन्नीनजाम र पोखरा गैह्रापाटन निवासी सुमिता कोइरालाले संयुक्त रुपमा विद्यालयका प्रअ चिन्तामणी बास्तोलालाई हस्तान्तरण गरेकी थिइन्। विद्यालयको वार्षिकोत्सवको पावन अवसर पारेर दिएको सहयोग रकमले विद्यार्थीको लत्ता कपडा तथा बचत रकमले भौतिक निर्माणमा केही मात्रामा भएपनि सुधार गर्ने हेतुले आर्थिक सहयोग गरिएको अष्टे«लियन नागरिक चुन्नीनजामले बताइएकी थिइन्। आगामी दिनहरुमा पनि आफूहरुले अझ थप सहयोग गर्न चाहेको समेत जानकारी दिइन्।

उक्त कार्यक्रममा गत वर्षमा उत्कृष्ट तथा प्रथम द्वितीय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। त्यसैगरि अतिरिक्त क्रियाकलापमा भाग लिई विजयी भएका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै सवै विद्यार्थीहरुलाई जुत्ता तथा स्कुल ड्रेस वितरण गरिएको थियो।

शिक्षक शैलेन्द्ररमण अधिकारीद्वारा सञ्चालित उक्त कार्यक्रम विव्यस अध्यक्ष धनबहादुर गुरुङको सभपातित्वमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button