२७१ औं समता काव्य सन्ध्या सम्पन्न

पोखरा, ३ माघ –

पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको २७१ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।

कविताको अघोषि पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा परिवारका सम्मानित आजीवन सदस्य कविवर तेजनाथ घिमिरेले कवि बलियो हुनका लागि आफ्ना रचना सशक्त हुनुपर्नेमा जोड दिए । आफैले सिर्जना गरेका रचनाको गहनता कमजोर भएमा कविताका पारखी घट्दै जानेमा शंका व्यक्त गरे ।

साहित्य, कला र संगीतको उत्थानका लागि २०३४ सालमा स्थापित पोखरेली युवा साँस्कृतिक परिवारले खेलेको भूमिकाको चर्चा गर्दै नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रविनोद प्रतीकले जसरी पत्रकार हुनका लागि लेख्नै पर्छ त्यस्तै कवि बन्नका लागि कविता लेख्न अनिवार्य रहेको बताउँदै आफूले २०३६ सालतिर सडक कविता क्रान्ति हुँदा कविता लेखी सडकमा सुनाएको अनुभूति पस्केका थिए ।

काव्य सन्ध्यामा कविवर तेजनाथ घिमिरे, बद्रीविनोद प्रतीक, सर्वज्ञ श्रेष्ठ, डा. चैतन्य अधिकारी, सुरेश रानाभाट, भरत कोइराला, नारायण वास्तोला श्रमपन्थी, ई. कौशलचन्द्र जि.सी., सूर्य खड्का विखर्ची, शरण आँसु, हेमन्त हितैषी, छलिलाल आचार्य, गोविन्द पराजुली, रामलाल बाटाजू, विष्णुप्रसाद पराजुली, इन्द्र राना प्रतीक, लक्ष्मण बास्तोला चिन्तन, रामकुमार श्रेष्ठ, अजय अनमोल, जनक दुलाल, सुरेन्द्र ओझा लगायतका कविताहरुले समसामयिक विषयमा लेखिएका सिर्जना सुनाएका थिए ।

परिवारका सदस्य डा. चैतन्य अधिकारीले विशेष रचना अन्तर्गत कवि उपेन्द्र श्रेष्ठको “श्री घर विहारको विम्व म” कवितालाई वाचन गरेका थिए । संस्थाका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button