पोखरा, २७ फागुन –
तमुहरुको ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र एवं उद्गम स्थल क्होला साेंथरमा विभिन्न निर्माणका लागी युके क्होला समाजबाट आर्थिक सहयोग प्राप्त भएको छ । ४ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण हिमालको दक्षिण भेगमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र क्होला सोंथरमा निर्माण हुन लागेको भान्छाघर, भोजन गृह र शौचालय निर्माणका लागी ८ लाख ८६ हजार २ सय ४० रुपैया सहयोग प्रदान भएको हो ।
हालै एक कार्यक्रमका बीच क्होला तमु समाज युके परिवारका कोषाध्यक्ष हर्क बहादुर तमु र सदस्य हरि बहादुर क्होला तमुले क्होला तमु सेवा समाज पोखराका सल्लाहकार पूर्व सभासद कृष्ण बहादुर गुरुङलाई सहसयोग रकम हस्तान्तरण गरेका हुन । क्होला तमु समाज युके परिवार तथा चेलीबेटीबाट उक्त सहयोग रकम प्रदान भएको हो । उक्त रकम बैङ खातामा जम्मा गर्नका लागी क्होला तमु समाज सेवा समाज पोखराका सल्लाहकार पूर्व सभासद गुरुङले क्होला तमु समाज सेवा पोखराका कोषायक्ष पञ्च कुमारी तमुलाई हस्तान्तरण गरे ।
उक्त रकमबाट क्होला सोथरमा भान्छाघर, भोजन गृह, स्नान गृह र शौचालय निर्माणका लागी प्रयोग गरिने समाजका सचिव खड्ग बहादुर गुरुङले वताए । आगामी बैशाख देखि जेठ भित्र उक्त क्षेत्रमा निर्माण कार्य थालिने भएको छ । प्हेलु संघको सक्रियतामा नेपाल सरकार पुरातत्व बिभाग र वेलायतको क्याम्ब्रिज युनिभर्सिटीको आर्किलोजिकल इकाइले उक्त ठाउमा गुरुङहरु कहिले आए , कति बसे र कहिले छोडे भन्ने कुराको उत्खनन र अनुसन्धान जारी राखेका छ ।
क्होला सोंथरमा सवै भन्दा पहिले धर्मशाला निर्माण गरिसकेको छ । यो ठाउमा पुग्नको लागी पर्यटकीय गुरुङ गाउ सिक्लेसबाट एकदिनमा पुग्न सकिन्छ । तमुहरु हिमाल पारिबाट गण्डकी प्रदेशमा सवैभन्दा पहिले उक्त ठाउमा आएर बसेको इतिहास रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution