पोखरा, २८ फागुन –
राप्रपा नेपाल कास्कीले शुक्रवार कास्की जिल्लाको क्षेत्र नं. २ अन्तर्गत पर्ने पोखरा उपमहानगरपालिकको वडा नं. १८ र १९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रममा पार्टी धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ् कुलु, जिल्ला अध्यक्ष तथा पुन समाज नेपालको केन्द्रीय सदस्य जयलाल पुन, जिल्ला उपाध्यक्ष नेत्रबहादुर बस्नेत, पुर्व कोषाध्यक्ष परमेश्वर वस्ताकोटी, क्षेत्रीय अध्यक्ष गिता गुरुङ, जिल्ला सदस्यहरु शुशीला वाग्ले, जिल्ला सदस्य मोतिमान शाक्य, क्षेत्रीय सचिव तीथ सुवेदी लगायतको सहभागिता रहेको पार्टीका गण्डकी अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका केन्द्रीय अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।
सो अवसरमा वडा नं. १८ को मझेरीपाटनमा चैत १ गते विहान ८ बजे र वडा नंं. १९ को चैत छ गते विहान ८ बजे लामाचौरमा वडा भेला तथा नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम गर्ने भएकाले उक्त कार्यक्रममा आउन सबैलाई निमन्त्रणा दिईएको थियो ।
घरदैलोमा धौलागिरी संयोजक कुलबहादुर गुरुङ्ग ‘कुलु’ले आफु गैरहिन्दु भएर पनि हिन्दुराष्ट्रको पक्षमा लडिरहेको बताउँदै तपाईहरुले किन हिन्दु राष्ट्रको पक्षमा वकालत गर्न हिचकिचाउनु भएको छ ? भनि प्रश्न गर्नुभयो । उहाँले राज संस्था र हिन्दु राष्ट्रको पक्षमा राप्रपा नेपाल सँधै लडिरहने बताउनुभयो ।
हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि घरदैलो कार्यक्रम आयोजना गरिएको बाँस्तोलाले जानकारी दिनुभयो ।
घरदैलोका क्रममा पार्टीका जिल्ला अध्यक्ष जयलाल पुनले पटक पटक नेताहरुको भारत भ्रमणमा गएपनि कुनै प्रगति नभएको र जनताले अभाव खेप्नु परिरहेको बताउँदै नेपाल भारत सम्बन्ध पुर्ववत अवस्थामा ल्याउन ज्ञानेन्द्र शाहलाई नै अगाडी सार्नुपर्नेमा जोड दिनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution