पोखरा २५ मा शुभकामना आदन प्रदान

पोखरा १२, वैशाख-

सेराघाट खानेपानी योजना अन्र्तगत सितलडाँडा खानेपानी ट्याङकी समिति पोखरा २५ को नयाँ बर्ष २०७३ सालको शुभकामना आदनप्रदान तथा लोकतन्त्र दिवसको अवसरमा चियापान कार्यक्रम शनिबार एक समारोहका विच सम्पन्न भएकोे छ । साम्सद बृन्दा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि नागरीक समाज तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहेको समितिका सचिव नवराज बरालले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara

समितिका अध्यक्ष चेतभक्त बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेससका देउकाजी गुरुङ, भरतबहादुर अधिकारी, एमाओबादीका नवराज बराल, पोखरा २५ का वडा सचिव रामप्रसाद पौडेल, टोल सुधार समिति पोखरा २५ का हिमलाल बराल, सेराघाट खानेपानी योजनाका टेकनाथ बराल, पुम्दी भुम्दी खानेपानी १–९ खानेपानी योजनाका उपाध्यक्ष झलकनाथ बराल, नागरीक मञ्च पोखरा २५ का अध्यक्ष मित्रलाल बराल लगायतले एक आपसमा शुभकामना दिदै देशको आर्थिक समृद्धिमा घर गाँउबाटै सुधार हुदै आउनु पर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा स्थानीय ८३ बर्षीय खडानन्द पौडेल र ८५ बर्षीया लक्षीमा बराललाई जेष्ठ नागरीकबाट सम्मान गरीएको छ । सोहि अवसरमा खानेपानी व्यबस्थापन तथा सरसफाइमा उत्कृष्ट भएको भन्दै समितिले स्थानीय हिरादेवि बराललाई सम्मान गरीएको छ । तिलाहार, सितलडाँडा लगायतका ८६ घर परिवारमा हाल एक घर एक धारा जडान भएको समितिका कोषाध्यक्ष भिमनाथ (गणेश) बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button