श्रमिक बालबालिका सम्पर्क केन्द्रमा रहेका बालबालिकालाई कपि कलम वितरण

पोखरा, १२ बैशाख –

अनेरास्ववियु कास्कीको कपि कलम वितरणको अभियान शुरु गरेको छ। अभियान अन्तर्गत पहिलो कार्यक्रम पोखरा रामघाटमा रहेको श्रमिक बालबालिका सम्पर्क केन्द्रमा रहेका वालावलिकालाई कपि कलम वितरण गरिएको थियो ।

कार्यक्रममा ३५ जना बालबालिकालाइ कपि कलम,दात माझ्ने ब्रुस, मन्जन, नुहाउने साबुन र एक जोडा मोजा प्रदान गरिएको थियो । कपि कलमको ब्यबस्थापन भने मदरल्याण्ड उच्च मा बी मा कक्षा ९ मा अध्ययनरत बिद्यार्थीले जन्मदिनमा जम्मा गरेको पैसाले गरेका थिए । साथै अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीले बैशाख महिना भरीनै संचालन गर्ने गरी अभियान संचालन गरेको र चाडै कास्कीका अन्य बिद्यालयहरुमा समेत अभियान संचालन गरीने बताएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेलले बिद्यार्थीहरु सदैब रचनात्मक काममा लाग्नु आबश्यक रहेको औल्याउदै अभियान जिल्ला भरी पुर्याउन र सबैमा शिक्षाको अवसर प्रदान गर्न लाग्नुपर्ने बताए। पोखरा उद्योग बाणिज्य संघ बाल श्रमिक न्युनिकरण परियोजनाका संयोजक भक्त रसाइलीले बिद्यार्थीको यो पहल सबै बिद्यार्थीले मनन गर्नु पर्ने बताए। त्यस्तै मदरल्याण्ड उच्च मा बी का निर्देशक त्रिभुबन शर्मा बरालले अनेरास्ववियु सधै बिद्यार्थी पक्षमा लागेको बताउदै सकारात्मक र सिर्जनात्मक कार्यक्रमहरुमा आफुहरुले सहयोग गर्ने बताए।

अनेरास्ववियु पिएनसीका अध्यक्ष राजन शर्मा पराजुली, अनेरास्ववियु भुगोल जिल्ला सहसचिब संञ्जय पौडेल, सचिवालय सदस्य अस्मिता जिसी, मदरल्याण्ड उच्च मा बी का शिक्षक बामन घिमिरे, अनेरास्ववियु ४ का संयोजक बिबेक त्रिपाठी केन्द्रकी कविता विश्वकर्मा लगायतले बोलेका थिए ।

अनेरास्ववियु कास्की भुगोल जिल्ला उपाध्यक्ष एवम अनेरास्ववियु कपी कलम अभियानका संयोजक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन सचिवालय सदस्य एबम अभियानका अभियन्ता बिश्वदर्शन पराजुलीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button