पोखरा, १२ बैशाख –
भूकम्पमा परी ज्यान गुमाएहरुको सम्झनामा पोखरामा आज दीप प्रज्वलन गरिएको छ ।
दिवंगत भएकाहरुको चिरशान्तिको कामना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न संघसंस्थाले पोखराको राष्ट्रबैकचोकदेखि मुस्ताङचोकसम्म दीप प्रज्वलन सहित रयाली गरेका हुन् ।
रेडियो बाराही, रोट्रयाक्ट क्लब अफ पोखरा अन्नपूर्ण, पृथ्वीनारायण क्याम्पस एमबीएस तह, रोट्रयाक्ट क्लब अफ पोखराले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
गत वर्षको बैशाख १२ मा गएको बिनासकारी भूकम्पमा परी झण्डै ९ हजार जनाले ज्यान गुमाएका थिए भने कैयौ घाइते भएका छन् ।
वार्षिक पुण्यतिथिको अवसरमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पोखराका अध्यक्ष सुजन लामिछाने, रोट्रयाक्ट क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष राजेश अधिकारी, पृथ्वीनारायण क्याम्पस एमबीएस–२०६९ व्याचकी विनिता जोशी, रोटरी क्लब अफ पोखरा अन्नपूर्णका उपाध्यक्ष बाबुराम बराल, रेडियो बाराहीका पत्रकार दीपेन्द्र पहारी, संचारकर्मी दुर्गेस बोगटीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भूकम्पपीडितको छिटोभन्दा छिटो राज्यले पुनस्र्थापना गर्नुपर्ने माग गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution