भुकम्पको स्मरणमा स्पाइरल एकेडेमीद्वारा वृद्धाआश्रममा सहयोग

पोखरा, १२ बैशाख –

पोखरा स्पाइरल ग्यालेक्सीले भुकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धासुमन तथा घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दै पोखरा वृद्धाआश्रममा सहयोग कार्यक्रमको आयोजना गरयो ।

भुकम्प गएको एक वर्ष पारेर पोखरा वृद्धाआश्रममा चामल, दाल, तेल, नुन, विस्कुट लगायतको खाद्यान्न सहयोग हस्तान्तरण तथा विद्यार्थीहरुलाई आश्रम अवलोकन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले पोखरा वृद्धाआश्रमका जेष्ठ सदस्यलाई सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा वोल्दै समाजीक अभियन्ता समेत रहेकी पौडेलले भुकम्प प्रभावित प्रति श्रद्धासुमन अर्पण गर्दै भुकम्पले ठुलो शिक्षा दिएर गएको वताइन् । साथै अझै पनी सरकारले भुकम्प प्रभावीतहरुलाई गास र वासको व्यवस्था गर्न नसकेका वेला जनताले सरकारलाई दवाभ तथा सेवा गर्नुपर्ने आवश्यकता औल्याइन् ।

spiral galaxy 2

साथै यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई कितावी शिक्षा भन्दा ठुलो शिक्षा दिने धारणा व्यक्त गर्दै हरेक विद्यालयले यस्ता खालका कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिइन् ।

पोखरा वृद्धाआश्रमका अध्यक्ष बसन्त केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक सारा वहादुर पोख्रेलले विद्यालयले भुकम्प गएको दिनको स्मरण तथा विद्यार्थीहरुलाई सेवाको भावना र आमा वावुप्रति सम्मान वढाउन सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरीएको वताए ।

विद्यालयका संस्थापक अध्यक्ष झपट रानाभाटले कार्यक्रमको उदेश्यमाथी प्रकास पार्दै विद्यालयले आगामी दिनहरुमा समेत यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्राचार्य दयासागर पौडेल, संस्थापक नितु शाही लगायत शिक्षक शिक्षीका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button