नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गरिनु पर्नेमा जोड

पोखरा, १३  बैशाख – 

सवै नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारलाई सुनिश्चित गरिनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयद्वारा वैशाख १३ गते पोखरामा आयोजना गरिएको स्वास्थ्य सम्बन्धी उपभोक्ताको अधिकार र कार्यान्वयन अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्वास्थ्य वीमा सम्बन्धी अवधारणालाई कार्यान्वनय गरिनु पर्ने आश्यकता औल्याए । कार्यक्रममा सहभागी सरोकारवाला निकायले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा विमाको व्यवस्था नभएको भन्दै हालै नेपाल सरकारद्वारा अगाडि बढाइएको स्वास्थ्य सम्बन्धी वीमाको अवधारणालाई कार्यान्वनय गरिनु पर्ने बताए । उनीहरुले स्वास्थ्य क्षेत्रमा कमिसनको खेल बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रणका लागि निरन्तर र व्यवस्थित अनुगमन गरिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्री स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेलले नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नका लागि राज्यले हरेक नागरिकको स्वास्थ्य वीमाको व्यवस्था गरिनु पर्ने बताए । निजी स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत १० प्रतिशत सेवा प्रदान गर्नुपर्ने व्यवस्था भएपनि विपन्न तथा लक्षित समूहको सेवा सुविधा अन्य सम्पन्न समूदायले लिने गरेको तथा निशुल्क वितरण गर्ने भनिएका ७० प्रकारका औषधीहरु वितरण प्रभावकारी हुन नसकेको बताए ।

उपोभक्ता मञ्च कास्कीका अध्यक्ष कपिललाथ कोइरालाले उपोभक्ताको स्वास्थ्य अधिकार र कार्यान्वयनको अबस्थामा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यसँग सम्बन्धित धैरै ऐन तथा नियमावलीहरु भएर पनि त्यसको कार्यान्वयनमा राज्य कमजोर रहेको बताए ।

स्थानीय विकास अधिकारी दामोदर भण्डारीले जनताको स्वास्थ्य सम्बन्धी अधिकार र पहुँचका लागि गैरसरकारी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नु पर्ने बताए ।

जिल्ला जनस्वास्थ्य अधिकृत बोधराज सुवेदीले स्वास्थ्य कार्यालयबाट दीर्घरोगहरुका लागि निशुल्क औषधी वितरण भैरहेको भएपनि पर्याप्त नभएको बताए ।

कार्यक्रममा गैसस महासंघका अध्यक्ष गोपाल खड्का, मेडिकल ल्याव एशोसिएसन(मेलान) का केन्द्रीय उपाध्यक्ष शंकर भण्डारी, नेपाल रेडियोलोजी सोसाइटीका केन्द्रीय सचिव भीम थापा(अरुण), मेलानका जिल्ला अध्यक्ष काशीराम लामिछाने,उपोभक्ता मञ्चका सचिव राजुराज अधिकारी, सदस्यहरु सुरेश रानाभाट , महिला मानवअधिकार रक्षक संञ्जालकी सचिव इन्द्राकुमारी शर्मा, सदस्य दुर्गा थापा, जनआन्दोलन घाइते विजया सुवेदी ,स्वतन्त्र पत्रकार संघका सचिव कृष्ण रानाभाट, अपाङ स्वावलम्बन समूहका गिरधारी सुवेदी लगायतले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई रोक्नका लागि सरोकारवाला निकायसंग निरन्तर समन्वय गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कायक्रममा इन्सेक पोखराकी कार्यक्रम फोकल पर्सन सवनम शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिईन् भने इन्सेक पोखराका प्रलेख अधिकृत टंक खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button