चिल्ड्रेन–नेपालद्धारा शैक्षिक सामाग्री वितरण

पोखरा,१४ बैशाख – 

चिल्ड्रेन–नेपालले विद्यालय शिक्षाको नयाँ सत्र शुरुवात संगै आफुले विद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुलाई मंगलबार स्टेशनरी तथा विद्यालय पोशाक वितरण वितरण गरेको छ ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

पोखरा उप–महानगरपालिका र यस वरपरका सामुदायिक तथा निजी विद्यालयमा पढ्ने बालबालिकाहरुलाई विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि कपी कलम सहितको स्टेशनरी र विद्यालय पोशाक वितरण गरिएको संस्थताले जनाएको छ । संस्थाका उपाध्यक्ष सावित्री नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै युवा तथा परिवार कल्याण शाखाका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बालबालिका अभिभावकलाई नयाँ वर्ष नयाँ शैक्षिक सत्रको लागि शुभकामना दिदै शैक्षिक सामग्री वितरण कार्यक्रमको बारेमा जानकारी गराइन् । संस्थाका कार्यसमिति कोषाध्यक्ष शान्त पौडेलले चिल्ड्रेन–नेपाल बालबालिकाहरुको उज्जवल भविष्य निर्माण गर्नमा सदैव साथमा रहने बताए ।

children nepal 2

संस्थाका संस्थापक सदस्य एवं नेपाल सरकारका पूर्व सह सचिव भिमलाल गुरुङ्गले बालबालिकाहरुले प्राप्त गरेको शैक्षिक सामाग्रीलाई सहि सदुपयोग गर्दै आफुलाई रचनात्मक बनाउदै अगाडि बढ्न प्रेरित गरे । संस्थाका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले बालबालिकाहरुलाई आफुले जिउने र अरुको निम्ति उपयोगी हुने शिक्षालाई जोड दिइ अगाडी बढ्नको लागि सहयोगी साथीको रुपमा चिल्ड्रेन–नेपाल सदैव साथ–साथ रहने कुरामा जोड दिए ।

कार्यक्रममा वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा, रमेश सुवेदीले लगायतले बोलका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button