बृद्ध बाबु आमालाई बृद्धाश्रममा लगेर नराख्न पुम्देलीको आग्रह

  • पोखरा न्यूज
  • २०७३ बैशाख १६
Post Thumbnail

पोखरा, १६ बैशाख – 

पोखरा २५, पुम्दी भुम्दीका स्थानीयले आफ्ना बाबु आमा बृद्ध भए भन्दैमा बृद्धाश्रममा लगेर नराख्न आग्रह गरेका छन । पोखरा २५ काभे्रका बुद्धि बहादुर गुरुङको शताव्दी औं जन्म जयन्ती मनाउने कार्यक्रममा सहभागि भएकाहरुले बृद्ध भएका कुनै पनि जेष्ठ नागरीकहरुलाइ बृद्धाश्रममा लगेर नराख्न आग्रह गरेका हुन ।

१९७३ साल वैशाख १० गते जन्मेका गुरुङ एक सय बर्ष पुरा गरेकोले उनलाई विहिबार फुलमालाले सम्मान गर्ने र आर्शिरबाद लिनेहरुको भिड लागेको थियो । उनका ठुला कान्छा छोरा देउकाजी गुरुङले आफ्ना दाजुभाई मिलेर आफ्ना बाबुको रेखदेख गरेको हुनाले आफ्नै घरमा धुमधामका साथ शताव्दी औं जन्म जयन्ती मनाउन पाएकोमा खुसि व्यक्त गरे । उनले भने “ म बृद्धाआश्रमको विरोध गर्छु, हरेक घर परिवारले आफ्ना बृद्ध बाबु आमाको घरमै रेख देख गर्न सके किन चाहियो बृद्धाश्रम, हामी जन्मदा जसरी बाबु आमाले हाम्रो रेखदेख गर्नु भयो, अब हामीले बाबा आमाको ऋण पनि बाचुन्जेल रेखदेख गरेर मात्र चुक्ता गर्नु पर्दछ । ” उमेरले एक सय बर्ष पुरा भए पनि आफ्ना बाबुसंग आफुहरु अझै डराउने गरेको उनले बताए ।

buddha gurung 2

वृटिस आर्मीबाट अवकास प्राप्त गरेका एक सय बर्ष पुरा गरेका गुरुङ अझै सामान्य अबस्थामा छन । जेष्ठ नागरीकहरुले खाने कुरासंगै आफै सामान्य रुपमा हिडडुल गर्न सक्ने अबस्थामा रहेको उनको परिवारले जनाएको छ । उनले १० बर्षमै वृटिस आर्मीको पेन्सन पकाउन सफल भएका हुन । बुद्धि बहादुरका ३ श्रीमतीबाट उनका ५ छोरा एक छोरी मिलेका कारण उनको राम्रो रेखदेख भएको उनको छिमेकीले बताएका छन । उनका छोराहरु बल बहादुर गुरुङ, देउबहादुर गुरुङ, थमानसिंह गुरुङ, देउकाजी गुरुङ र रामबहादुर गुरुङ र एक छोरी चित्र कुमारी गुरुङ रहेका छन । उनका खनातीहरु समेत रहेको उनका माइृला छोरा देउ बहादुर गुरुङले बताए । आफ्नो बाबु एक सय बर्ष बाच्न सफल भएका कारणले गर्दा सोह्र भाई घोथाने परिवार सहित पोखराको गौरव भएको उनले बताए ।

buddha gurung 3

केहि दिन अघि वैशाख १० गते चिरन्जिवी पूजा, शान्ति तथा सत्यनारायण पूजा समेत भएको थियो । विहिबार सम्पुर्ण ईष्टमित्रहरुले एक सय बर्ष बाच्न सफल भएका बुद्धि बहादुर गुरुङबाट आर्शिरवाद लिएका थिए । उनको परिवारजनले भने उनको शताव्दी जन्म जयन्ती मनाउन पाएको खुसियालीमा भोजको समेत आयोजना गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस