पोखरा, २३ चैत्र –
नेपाली काँग्रेसका पूर्व आमन्त्रीत सदस्य एव नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष राम्जी कुँवरले काँग्रेसलाई बलियो वनाउन कार्यकर्ताको एकतामा जोड दिएका छन् ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ अन्र्तगत पोखरा–६ इकाई वैदामको पदस्थापना एवं माइन्युट हस्तान्तरण कार्यक्रममा बोल्दै नेता कुँवरले व्यक्ति वादी नभै सस्थालाई अग्र भागमा लिएर हिड्नु पर्नेमा जोड दिएका थिए । कुँवरले बसाईसराईबाट आएका पोखरा ६ निवासीहरुलाई हरकिसिमको सहयोग र स्थानीय विकासमा ध्यान दिन नेतृत्वलाई आग्रह गरे । इकाई सभापति बलराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय प्रतिनिधि सत्यदेवी आचार्य र सञ्चालन इकाई सचिव शिशिर पहारीले गरेका थिए । कार्यक्रममा वडा नं ६ मा नेपाली काँग्रेसलाई बलियो संगठन र विकास प्रेमी नेतृत्व आवस्यक भएको कार्यक्रममा बक्ताहरुले जोड दिएका थिए । पार्टीको नीति र विचारलाई अगाडि बढाउनु पर्ने भन्दै पूर्व क्षेत्रीय प्रतिनिधि जगतबहादुर पहारीले संगठन नै वलियो भन्दै व्यक्ती सामान्य भएको धारणा व्यक्त गरेका थिए । पदस्थापना कार्यक्रममा निवर्तमान सभापति दीपकविर कुँवर, पूर्व इकाई सभापति एवं वूर्व वडा अध्यक्ष होमबहादुर लामिछाने, नेत्रपाणि न्यौपाने, लक्ष्मीबहादुर भट्टराई, महिला संघकी मन्धरा ढकाल, स्नोल्याण होटलका सञ्चालक गणेश थापा लगायतले बोलेका थिए । पदस्थापना तथा हस्तान्तरण कार्यक्रममा कार्यकर्ताको उच्च मनोवल र पारदर्शी बन्न नेतृत्वलाई आग्रह गरिएको थियो । पार्टीमा काम र मुल्याङ्कनको खाँचो रहेको सभापति गिरीले बताएका थिए । वैदाममा पार्टी कार्यालय स्थापना गर्न छिट्टै पहल गरिने भन्दै सवैको सहयोग र सल्लाह आवस्यक रहेको बताए ।





