फेवा सहकारीमा सिद्धार्थ बहुमुखी सहकारीको अवलोकन

  • पोखरा न्यूज
  • २०७२ चैत्र २४
Post Thumbnail

पोखरा, २४ चैत्र – 

कास्की जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई २०५६ सालमा सहकारी डिभिजन कार्यालय कास्कीमा दर्ता भई १५ औं बसन्त पार गरी १६ औं वर्षमा प्रवेश गरेको पोखराकै पुरानो सहकारीमा पर्ने फेवा बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.सृजनाचोक पोखरा ८ मा काभ्रेपलाञ्चोक पनौती ११ मा रहेको सिद्धार्थ बहुमुखी सहकारी संस्था लि.को सहकारी अध्ययन अवलोकन भ्रमणमा दुई सहकारी बीच सहकारी भावना आदानप्रदान एक कार्यक्रम गरी फेवा बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.सृजनाचोकको हलमा सम्पन्न भयो ।

उक्त सहकारी भावना साटासाट गर्ने उद्देश्यले सहकारी बीच आपसी समन्वय गर्ने र राम्रा पक्षलाई सहकारी नीतिमा ल्याई लागू गर्न विचार राखी उक्त अबलोकन भ्रमण टोलीलाई फेवा सहकारीका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्गले भ्रमण टोलीका १७ जनालाई स्वागत गर्नुभएको थियो ।

अवलोकन टोलीलाई फेवा सहकारीमा स्वागत गर्दै दुवै सहकारीबीच मैत्रीभावना कायम राख्नुपर्ने र पनौतीमा रहेको सिद्धार्थ बहुमुखी सहकारीमा आउन आग्रह गरेको उक्त कार्यक्रममा फेवा सहकारीका अध्यक्ष क्या.गुरुङ्गले फेवा सहकारीको काम, कर्तव्य र अधिकार, शेयर सदस्यको मान्यता लगायतका विषयमा जानकारी दिनुभएको उक्त कार्यक्रममा सहकारीका प्रबन्धक एवम् सचिव हरिभक्त पौडेलले लगभग २८ करोडको कारोवार रहेको, ऋण लगानी प्रकृया लगायका बारेमा जानकारी गराउनुभएको थियो ।

सहकारी अध्ययन अवलोकन भ्रमण टोलीका प्रमुख एवम् सिद्धार्थ बहुमुखी सहकारी संस्थाका अध्यक्ष विदुर प्रसाद घिमिरेले आफ्नो सहकारीको विषयमा बताउनुहुँदै ७ वर्ष पहिले स्थापना भएको यस सहकारीमा ११ सय जना शेयर सदस्इ रहेको र १४ करोड बराबरको कारोवार गरेकोमा प्रमुख शेयरमा १ लाख ८ हजार भएको लघु वित्त, सुधारिएको चुलो, कृषि, पशुपालन लगायत शेयर सदस्यका महिलालाई सामूहिक ऋण लगानी जस्ता कार्य गरेको र नेपाल सरकारले सहकारीलाई हेर्ने दृष्टिकोण नराम्रो भएकोले पन िखुलस्त रुपमा कार्य गर्न नपाएको बताउनुभयो । सो अवसरमा उपाध्यक्ष भीम प्रसाद दाहाल, सचिव रामहरि शर्मा दाहाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

४ दिने सहकारी अवलोकन भ्रमण टोलीलाई फेवा सहकराीका उपाध्यक्ष एवम् कर्जा समितिका संयोजक सम्मरबहादुर श्रेष्ठले स्वागत गर्दै फेवा सहकारीको कर्जा लगानी र असुली सम्बन्धी फेवा सहकारीले गरेको कार्यको जानकारी गराउनुभयो । उक्त अवलोकन भ्रमण टोलीलाई फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारीका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्गको सभाध्यक्षमा सम्पन्न कार्यक्रम संस्थाका सचिव हरिभक्त पौडेलले संचालन गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस