सङ्गीतकार गुरुङको निधनले प्रधानमन्त्री स्तब्ध

 

काठमाडौँ, २५ जेठ –

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल तारा अम्बर गुरुङको निधनले आफूलाई स्तब्ध तुल्याएको जनाउनुभएको छ ।

गुरुङको निधनप्रति गहिरो दुःख र श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले शोकको घडीमा उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

स्वर्गीय अम्बर गुरुङले पश्चिमा शास्त्रीय सङ्गीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय सङ्गीत र लोक भाकामा मिलाएर सङ्गीत सिर्जनालाई नयाँ आयाम दिनुभएको उल्लेख गर्दै उहाँले सामूहिक बाजा प्रयोगमार्फत नेपाली सुगम सङ्गीतलाई स्तरीय र समृद्ध बनाउन उहाँले गर्नुभएको योगदान नेपाली सङ्गीतको क्षेत्रमा मानकका रुपमा स्थापित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ – गुरुङ नेपालको साङ्गीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ । आफ्ना सिर्जनाबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाउनुभएको गुण मुलुकले सदा स्मरण गरिरहने छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button