पोखरा, २६ जेठ –
पोखरा वस व्यवसायी समितिले पोखरामा अत्याधुनिक तथा सुविधा सम्पन्न एवं आरामदायीका गाडीहरु थप्न सुरु गरेको छ । पोखरामा प्रदुषण कम गराउदै विस्थापन निति अबलम्वन गर्ने उद्धेश्यले युरो–थ्रि मापदण्डका सुविधा सम्पन्न अत्याधुनिक वस सेवाहरु संचालन गर्न सुरु गरेको समितिले जनाएको छ ।
समितिले १४-१५ बर्ष पुराना वस विस्थापन गरी नयाँ अत्याधुनिक वस सेवा संचालनमा ल्याउन थालेको समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले बताए । सन २००१-२००२ मा पोखरामा संचालनमा आएका ३४ वटा वसलाई विस्थापन गरी सोहि ठाँउमा नयाँ मोडलको युरो–थ्री मापदण्डका साझा वसको अवधारणामा निमार्ण भएको ३५ सिटे लामो वस राख्न सुरु गरीएको सचिव तिमिल्सिनाले जानकारी दिए ।
भारतीय टाटा र आइृसर दुई कम्पनीका उक्त गाडीहरु भारतमै निमार्ण भएकोले पोखरामा संचालनमा आएका यस अघिका माईक्रो वसको तुलनामा धेरै ठुला तथा यात्रु मैत्रि र आरामदायी सुविधा सम्पन्न तथा प्रविधि जडित वसहरु संचालनमा आउने भएको तिमिल्सिनाको दाबी छ । उनका अनुसार हाल पोखरामा छोरेपाटन हुदै लामाचौर क्षेत्रमा तीन वटा नयाँ मोडलका वसहरु संचालनमा आएका छन भने बाँकी ३१ वटा वसहरु करीब दुई साता भित्र पोखरामा आउने भएका छन ।
पुराना माईक्रोवस विस्थापन गरी नयाँ वस राख्दा व्यवसायीहरुले प्रति वसमा अप्रत्यक्ष रुपमा ३८ लाख लगानी गरेको सचिव तिमिल्सिनाले जनाए । उनका अनुसार नयाँ गाडीहरु थप्दा पोखराको वस क्षेत्रमा हाल करीब १३ करोड लगानी थपिएको छ । नेपाल सरकारले २० बर्ष पुराना वसहरु शहर क्षेत्रबाट विस्थापन गर्नुपर्ने प्राव्धान ल्याए पनि पोखराको हकमा यातयात व्याबस्था कार्यालय गण्डकी अञ्चल पोखराका प्रमुखको संयोजकत्वमा गठित अध्यय अनुगमन टोली १५ बर्ष पछि पुराना सवारी साधनहरुलाई विस्थापन गर्ने निर्णय गरेको छ । पोखरामा वातावरण मैत्रि कायम गर्ने उद्धेश्यले आफुहरुले जोखिम मोलेर पनि म्याद हुँदा हुदै पोखरामा प्रदुषण कम गराउन नयाँ बस राख्न लागेको सचिव तिमिल्सिनाले जनाए ।
उक्त गाडीहरुमा ग्लोवल पोजिसन सिस्टम (जिपिएस), मोवाईल एव्लिकेशन जडान हुने भएकोले उक्त गाडीहरु कहाँबाट गुड्दैछ, कुन ठाँउमा कतिखेल आउछ, भाडा दर कति जस्ता कुराहरु यात्रुहरुले वाईलबाटै थाहा पाउन सक्ने भएको उनले जनाए । जिपिएसको कन्ट्रोल रुम समितिबाटै संचालन गर्ने तयारी गरेको तिमिल्सिनाले जनाए । हालका गाडीहरुको सिट ३४ ईन्चको उचाई भएकोले गाडीको सिटमा बस्दा घोडा ठोकिने समेत समस्या नहुने उनको भनाई छ । यात्रुहरुलाई आवाज समेत दिने र गाडीको अगाडीको भागमा स्क्रीन भएकोले विभिन्न स्थानहरुको वारेमा जानकारी दिने भएकोले अपाङग मैत्रि समेत भएको उनको दाबी छ । हाल थपिने ३४ वटै गाडीहरु पोखराको छोरेपाटन हुदै डेविडफल्स, पार्दीविरौटा, पृथ्बीचोक, मेहन्द्रपुल, वगर हुदै लामाचौर तथा महेन्द्रगुफासम्मको क्षेत्रमा संचालन हुने भएको सचिव तिमिल्सिनाले जनाए ।
समितिले पछिल्लो क्रममा पोखरालाई पर्यटनसंग जोडेर पर्यटनको विकास गराउने उद्धेश्यले पोखराको फेवातालबाट लेखनाथको बेगनासतालमा सिधा वस सेवा संचालनमा ल्याएको बरिष्ठ उपाध्यक्ष देउप्रसाद गुरुङले बताए । त्यसै गरी समितिले पोखराका पर्यटनका गन्तव्यहरुको पहिचान गरी यात्रु सहित पर्यटकहरुलाई लक्षित गरी छुट्टै वस सेवा संचालन गर्ने तयारी गरेको समितिका सचिव तिमिल्सिनाले जनाए । समितिले सन २०१४-०१५ मा विस्थापन निति अन्र्तगत ४९ वटा माईक्रो वसलाई विस्थापन गरी हरियो रंगका ३० भन्दा माथि सिट क्षेमता भएका बसहरु राखेको समितिका पुर्व सचिव गोपाल बरालले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution