बसमा आगो लाग्दा एकको मृत्यु, २६ घाइते

गोलबजार (सिरहा), २७ जेठ –

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक जुधेको हो। दुर्घटनामा एक नाम र पहिचान खुल्न नसकेकी एक महिलाको जलेर मृत्यु भएको र बाँकी घाइते यात्रुको उपचार गोलबजारको विभिन्न अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ । बससँगै यात्रुको समान समेत जलेर नष्ट भएको छ । अहिले मुसलाधारे पानी परिरहेकाले यात्रुको उपचारको व्यवस्थापन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button