लागुऔषधसहित एक युवक पक्राउ

नवलपरासी, २७ जेठ –

नवलपरासीमा प्रहरीले अवैध लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

बुधबार साँझ नवलपरासी ठूलाखरेटवाबाट नवलपरासी सेमनी–५ का सञ्जय निसादलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पचास वटा नाइट्रोभेटसहित पक्राउ परेका निसादलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको पाँचपेडा प्रहरी चौकीका प्रमख प्रहरी सहायक निरीक्षक विनोद राउदले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button