धुर्मुस सुन्तलीलाई सैनिकश्रीमति संघको १४ लाख सहयोग

काठमाडौँ, २७ जेठ –

सैनिकश्रीमति संघ (नेपाली सेना) ले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

भूकम्प पिडितका लागिहाँस्यकलाकारको जोडीले एकिकृत नमुना बस्ती नै निर्माण गरिरहेकाले १४ लाख रुपैँयाप्रदानगरिएको संघकी अध्यक्ष रीताक्षत्रीले बताएकी छिन् । केहि समय अघि एक कार्यक्रम गरी संकलनभएको रकम धरहरा निर्माणका लागि २५ लाख हस्तान्तरण गरिएको र बाँकी रहेको रकमधुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदानगरिएको संघले जनाएको छ ।

dhurmus suntali 2

संघबाट प्राप्तउक्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने फाउण्डेशनका अध्यक्ष कट्टेलले बताएका छन् ।भू कम्प पिडितको उद्धार र विकासको नमुनाका लागिगिरान्चौर एकिकृत बस्ती निर्माण गर्न लागिएकाले सो कार्यमा संघले पनि सहयोग गरेकोमाउ नले आभार व्यक्त गरेका छन् । थोपाथोपा गरेर अर्थ संकलन भइरहेको यस अभियानमा संघले गरेको सहयोगसँगै झण्डै २ करोड रुपैँया जम्मा भएको कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन्।

भूकम्प प्रतिरोधी ६५ बाल मैत्री तथा अपाङ्ग मैत्री भवन, बगैँचा, बालउद्यान, सामुदायीक भवन, शौचालय लगायतका पूर्वाधार निर्माणका लागि करिब ५ करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको छ । बस्ती निर्माणका लागि सहयोग गर्न थुप्रै व्यक्ति र संस्थाबाट प्रतिबद्धताहरु आइरहेकाले आफ्नो सपना साकार हुने विश्वास बढेको उनीहरुको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button