दश माओवादी कार्यकर्ता गिरफ्तार

बनेपा, २७ जेठ –

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज बनेपाबाट प्रहरीले १० जनालाई गिरफ्तार गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बन्द गराउँदै हिँडेका चन्द नेतृत्वको बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य पवित्रा फुयाँल सहित १० जनालाई बनेपाको चारदोबाटोबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइ्रले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सुन्तली लामा, लाल बहादुर विक, श्याम श्रेष्ठ, रमेश नेपाली, नकुल परियार, आस्मान तामाङ, राकेश तामाङ, विक्रम तामाङ, र बुद तामाङ रहेका छन । उनीहरु अधिकांश जिल्ला तथा नगर स्तरका कार्यकर्ता हुन् ।

प्रहरीले बुधवार बेलुका मसाल जुलुल निकाल्ने तयारी गरिरहेको अवस्थामा पनि पनौतीका अनिल रायमाझीलाई गिरफ्तार गरेको थियो ।

यसैबीच आज भएको बन्दको प्रभाव बनेपा र आसपासका क्षेत्रमा देखिएको छ । बन्दका कारण सवारी साधन सञ्चालनमा नआएपनि फाटफूट रुपमा केही पसल खुलेका छन । चन्द नेतृत्वको माओवादीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button