दश माओवादी कार्यकर्ता गिरफ्तार

बनेपा, २७ जेठ –

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज बनेपाबाट प्रहरीले १० जनालाई गिरफ्तार गरेको छ ।

बन्द गराउँदै हिँडेका चन्द नेतृत्वको बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य पवित्रा फुयाँल सहित १० जनालाई बनेपाको चारदोबाटोबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइ्रले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सुन्तली लामा, लाल बहादुर विक, श्याम श्रेष्ठ, रमेश नेपाली, नकुल परियार, आस्मान तामाङ, राकेश तामाङ, विक्रम तामाङ, र बुद तामाङ रहेका छन । उनीहरु अधिकांश जिल्ला तथा नगर स्तरका कार्यकर्ता हुन् ।

प्रहरीले बुधवार बेलुका मसाल जुलुल निकाल्ने तयारी गरिरहेको अवस्थामा पनि पनौतीका अनिल रायमाझीलाई गिरफ्तार गरेको थियो ।

यसैबीच आज भएको बन्दको प्रभाव बनेपा र आसपासका क्षेत्रमा देखिएको छ । बन्दका कारण सवारी साधन सञ्चालनमा नआएपनि फाटफूट रुपमा केही पसल खुलेका छन । चन्द नेतृत्वको माओवादीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button