राष्ट्रिय सहमतिको सरकार आवश्यक छ – अध्यक्ष दाहाल

धनगढी, २९ जेठ –

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशका विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको दोहो¥याउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले संविधानको कार्यान्वयन, भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माण, थारु मधेस समस्या समाधान र शान्ति प्रक्रिया टुङ्गोमा पुरयाउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

पत्रकारहरुको प्रश्नमा उहाँले सहमति जसमा हुन्छ, त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरिने बताउँदै यस्तो सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)को प्रदेश नं ७ स्तरीय भेलामा सहभागी हुन अध्यक्ष दाहालसहितका नेताहरु आज यहाँ आइपुग्नुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button