विद्यार्थीद्वारा आत्महत्या

काठमाडौँ, ३० जेठ –

नेपाल मोडल स्कुल बसुन्धरामा अध्ययनरत सुशान्त मैनालीले आज आत्महत्या गरेका छन् ।

नेपाल मोडल स्कुल बसुन्धरामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मैनालीलाई एक तलामाथि रहेको विद्यालयको चर्पीमा झुन्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

केही वर्षदेखि होस्टलमा बस्दै आएका काभ्रेपलाञ्चोकका मैनाली आज बिहान ९ बजे खाना खाने बेलामा चर्पीमा छिरेको र त्यसै समयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button