गुलरिया (बर्दिया), ३१ जेठ –
बर्दिया रािष्ट्रय निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्रमा ३५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । प्रजनन केन्द्रको स्थापना भएको ३४ वर्षपछि पहिलो पटक बच्चा जन्मिएको हो ।
पैँतिस वटा बच्चा बर्दिया राष्ट्रिय निकुञ्जमा जन्मिएको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो । बबई नदीबाट गोहीको अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा राखेर बच्चा उत्पादन गर्ने काम प्रभावकारी नभएपछि प्रजनन केन्द्रमा अन्डा ल्याउन छोडिए पछि प्रजनन केन्द्रभित्रकै गोहीले अन्डा पारेका हुन् । लामो समय पछिको सफलताले निकुञ्जका संरक्षणकर्मी खुसी भएको थापाले बताउनुभयो । गोहीका बच्चा हुर्काउन चुनौतीसमेत रहेको उहाँको भनाइ छ ।
घडियालका बच्चाले साना ताजा माछा खाने भएकाले पनि यिनको आहाराको जोहो गर्न कठिनाइ हुने छ । जन्मिएका बच्चामध्ये मुस्किलले ४÷५ वटा बच्चा बाँच्न सक्ने भएकाले पनि बच्चालाई कठिन हुने थापाले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution