डोटी, ३२ जेठ –
डोटीमा भालुको आक्रमणद्वारा सोमबार एक महिला घाइते भएकी छन् ।
दीपायल सिलगढी नगरपालिका–३ थाप्ला निवासी ३८ वर्षीया धना मलासीलाई भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट उनको आँखामा चोट लागेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट मलासीको घाँटी, नाक र बाँया खुट्टामा पनि चोट लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
सोमबार साँझ ४ बजेतिर घाँस काटेर घर फर्किँदै गरेको अवस्थामा थाप्ला नजिकै एक्लै रहेको अवस्थामा एक्कासि भालुले उनलाई आक्रमण गरेको थियो ।
आक्रमण गर्ने बित्तिकै आफूसँग भएको हँसियाले प्रतिकार गर्दा भालु भागेको र उनको ज्यान जोगिएको परिवार स्रोतले जनाएको छ । गम्भीर चोट लागेकाले मलासीलाई आज बिहानै गेटा आँखा अस्पताल धनगढी लगिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution