पाँचथर, ३२ जेठ –
राष्ट्रिय कफी विकास बोर्डले पाँचथर, तेह्रथुम र इलाममा यस किसानलाई वर्ष दुई लाख १५ हजार कफीका बिरुवा वितरण गरिरहेको छ ।
बोर्डले जिल्लाको रानीगाउँस्थित उत्तम कफी फलफूल केन्द्रमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गर्न थालेको केन्द्रका प्रमुख पुण्य चौलागार्इंले जानकारी दिनुभयो । केन्द्रले अहिले प्रतिवटा कफीको बिरुवा १२ रुपैयाँ ५० पैसामा बिक्री वितरण गरिरहेको छ ।
“पाँचथरमा एक लाख तथा तेह्रथुममा १७ हजार बिरुवा वितरण गरिसकेका छौँ,” उहाँले भन्नुभयो । जिल्लाको नाँगी, थर्पु, सुभाङ, फिदिम नगरपालिका, माङ्जाबुङ, रानीगाउँ, फाक्तेप र स्याबरुम्बा गाविसका किसानलाई कफी कृषक समूहमार्फत बिरुवा वितरण गरिरहेको चौलागाईंले बताउनुभयो ।
तेह्रथुम आठराई कफी उत्पादक कृषक समूहका उपाध्यक्ष इन्द्रकुमार इङ्नामका अनुसार जिल्लाको आठराई कफी उत्पादक समूहमार्फत आठ वटा गाविसका सात सय किसानले करिब १७ हजार बिरुवा रोपिसकेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution