राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको छ – नेता नेपाल

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३२
Post Thumbnail

सुरुङ्गा (झापा), ३२ जेठ –

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताउनुभएको छ ।

आज झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय सहमति कायम गर्न नेपाली काँग्रेस तथा मधेसवादी दललाई पनि सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थाल्नुभएको छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले मुलुकको विकासका लागि आर्थिक क्रान्ति जरुरी रहेकाले दलले जुँगाको लडाइँ छाडेर त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख दलबीच एकता कायम नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले सबै दलले आ–आफ्नो अडान त्यागेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस