राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको छ – नेता नेपाल

सुरुङ्गा (झापा), ३२ जेठ –

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आज झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय सहमति कायम गर्न नेपाली काँग्रेस तथा मधेसवादी दललाई पनि सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थाल्नुभएको छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले मुलुकको विकासका लागि आर्थिक क्रान्ति जरुरी रहेकाले दलले जुँगाको लडाइँ छाडेर त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख दलबीच एकता कायम नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले सबै दलले आ–आफ्नो अडान त्यागेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button