विप्लव माओवादीका जिल्ला सेक्रेटरी प्रहरी नियन्त्रणमा

सल्यान, १ असार –

नेकपा माओवादी विप्लव समूह सल्यानका जिल्ला सेक्रेटरी लोकपाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लामा रहेका एनसेल टावरमा आक्रमण गरेको आरोपमा केसीलाई इलाका प्रहरी लुहामले आज बिहान नियन्त्रणमा लिएको हो । गत जेठ ३० गते कुपिण्डे दह गाविसको जयतपानी र शारदा नगरपालिका–१४ डाँडागाउँमा रहेको एनसेल टावरमा आक्रमण गरेको विषयलाई लिएर उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

केसीलाई कोरवाङ्ग झिम्पेबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

एनसेल टावर जलाइएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार गाविसका स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button