पोखरा, १ असार –
ट्याक्सी ब्यवसायी समिति पोखराले आज पोखरामा आयोजना गरेको आकास्मित रक्तदान कार्यक्रममा १ सय १८ यूनिट रगत संकलन भएको छ ।
समितिको नयाँबजारस्थित कार्यालय अगाडी आयोजित रक्तदान कार्यक्रमको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले पहिलो रक्तदाता टिकाराम पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो । दृष्टिविहिन सम्राट न्यौपाने उपाध्यायले समेत रक्तदान गरेका थिए । उनले ११ औं पटक रंक्तदान गरेको बताए ।
पोखरामा रगतको अभाव भएको भन्दै रक्त सञ्चार केन्द्र पोखराले आग्रह गरेपछि आफूहरुले आकास्मित रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष गान्धिराज गिरीले बताए । कार्यक्रममा नेपाल यातयात व्यवसाय राष्ट्रिय महासंघका कोषाध्यक्ष सुयस पौडेल, सदस्य एवं पृथ्बीराजमार्ग बस संचालक समितिका अध्यक्ष एन कुमार साई, नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल सचिव भानुभक्त बराल, रंक्त संचार केन्द्र पोखराका प्रमुख धुर्वमणि लामिछाने, मजदुर नेता रुद्र गौतम, रमेश सिम्खडा, जित बहादुर गुरुङ, विष्णु केसी, कार्यक्रम संयोजक शोभाकान्त पौडेल, समितिका महासचिव पुर्ण बहादुर गुरुङ लगायतले रंक्तदानको बारेमा चर्चा गरेक थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution