|प्रतिकात्मक तस्बिर
काठमाडौँ, १ असार –
सवारी ज्यान मुद्दाका फरार अभियुक्त काठमाडौं महानगरपालिका–३४ भिमसेनगोला बस्ने गणेशबहादुर तण्डुकारलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले आज भीमसेनगोलाबाट पक्राउ गरेको छ ।
तण्डुकारले बा.अ.ह ८७७ नम्बरको टेम्पो चलाउँदा २०५१ सालमा चाबहिल–महाराजगन्ज सडकमा पैदल हिँडिरहेका ५९ वर्षीय रामकुमार जीवनलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।
सोही मुद्दामा काठमाडाँं जिल्ला अदालतले २०५१ माघ १० मा फैसला गर्दै टेम्पो चालक तण्डुकारलाई २ वर्ष कैद हुने ठहर गरेको थियो । पक्राउ परेको तन्डुकारलाई कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको प्रहरीले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution