काठमाडौँ, १ असार –
गायिका स्मिता दाहालको ‘रागिनी’ गीति एल्बम आज सार्वजनिक भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, गीतकार यादव खरेल, सङ्गीतकार दीपक जङ्गम र गायक दीप श्रेष्ठले संयुक्त रुपमा गीति एल्बम सार्वजनिक गर्नुभयो । गायिका स्मिता अध्यक्ष दाहालकी नातिनीसमेत हुनुहुन्छ ।
सङ्गीतको क्षेत्र सगरमाथाभन्दा उँचो र महासागरभन्दा गहिरो भएको अनुभव सुनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “मलाई पनि बाल्यकालमा यो क्षेत्रमा लाग्ने रुचि थियो, तर विभिन्न कारणले लाग्न पाइनँ, तैपनि यो क्षेत्रप्रति उत्तिकै सम्मान छ ।” उहाँले नातिनी स्मितालाई अझै साधना गर्न र मेहनत गरेर अघि बढन आग्रह गर्नुभयो र भन्नुभयो, “सानैदेखि सुमधुर स्वर थियो । राम्रो सम्भावना छ । अघि बढ्दै जाउ तर महेनत र साधना नछोड ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोखरेलले सङ्गीत क्षेत्र व्यावसायिक रुपमा अघि बढ्दै गएको र यस क्षेत्रमा पेसागत रुपमा लागेकाहरुमाथि शोषण हुन नदिन सरकारले प्रयास गरिरहेको बताउनुभयो ।
एल्बममा पाँचवटा गीतहरु रहेका छन् । गीतकारमा योगेन्द्रमणि दाहाल र सङ्गीतकारमा सुनील मास्के हुनुहुन्छ भने दाहालले स्वर भर्नुभएको छ ।
दाहालको यो तेस्रो गीति एल्बम हो । यसअघि ‘स्मिता’ र ‘स्मिता–२’ सार्वजनिक भइसकेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution