पोखरान्युजडटकम, ४ असार –
दाल तरकारीमा होस् या तातोपानीमा, निचोरेर खाँदा स्वादिलो हुने कागती उत्पादन हुने जिल्लाको रुपमा विकास गर्न लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीमा कागती मिसन सञ्चालन गरिएको छ ।
गत वर्षदेखि सुरु गरिएको कागती मिसन अभियानमा यस वर्ष जिल्लाका अर्घातोष, मैदान र धनचौर गाविसमा एक गाविसमा १० हजारका दरले तीन गाविसमा ३० हजार बिरुवा लगाउन थालिएको जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले बताउनुभयो । गएको वर्ष पनि तीन गाविस मरेङग, पटौटी र जुकेना गाविसमा १० हजारका दरले ३० हजार कागतीका बिरुवा लगाइएको अधिकृत खरेलले जानकारी दिनुभयो ।
कागतीलाई धेरै रोगका घरेलु उपचारको साथै सर्वत, जुस, अचारलगायतका परिकार बनाउन पनि प्रयोग गर्न सकिने भएकोले अन्य गाविस र सन्धिखर्क नगरपालिकामा समेत कागती उत्पादनलाई अगाडि बढाउन अभियान सञ्चालन गर्न थालिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution