पोखरान्युजडटकम, ५ असार –
महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक निर्माणका लागि सिद्धार्थ साहित्य परिषद्ले अभियान थालेको छ ।
अभियानस्वरुप परिषद्ले संस्थाका अध्यक्ष डिल्लीराज भट्टराईको संयोजकत्वमा उपभोक्ता समिति, परिषद्का आजीवन सदस्य विजय पाण्डेको संयोजकत्वमा अर्थ सङ्कलन समिति, प्राज्ञ बुंँद रानाको नेतृत्वमा मूल्याङ्कन तथा अनुगमन समिति बनाएको छ । सोही सिलसिलामा परिषद्ले सालिक निर्माणमा नैतिक र आर्थिक सहयोगका लागि आज भैरहवामा जम्मा भएका साहित्यकार र साहित्य अनुरागीसँग आग्रह समेत गरेको परिषद्का सचिव नरेश केसीले बताउनुभयो ।
कार्यक्रममा परिषद्का आजीवन सदस्य साहित्यकार विजय पाण्डेले देवकोटाको सालिक निर्माणमा सबैको एकताका लागि प्रतिबद्धताको खाँचो औँल्याउनुभयो । महाकवि देवकोटाको प्रतिमा निर्माणका लागि हालसम्म रु सवा लाख प्राप्त भइसकेको जनाइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution