पोखरान्युजडटकम, ०५ असार –
पोखरामा यहि असार ७ देखि २१ गते सम्म आयोजना हुने विलक्षण दार्शनिक प्रवचनको तयारी पूरा भएको छ । श्यामा श्याम सत्संग पोखराले आयोजना गर्न लागेको १५ दिने प्रवचनको तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
सिर्जनाचोकस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा अपराहन साढे ४ बजे देखि ७ बजे सम्म हुने उक्त प्रवचन श्रीश्वरी देवी जीले दिनेछन् । वृन्दावन निवासी श्रीश्वरी देवी जगत्गुरु कृपालुजी महाराजका कृपा प्राप्त प्रचारिका हुन् ।
मानिसले दुःख गर्न चाहँदैन तर सुखको खोजीमा रहे पनि वास्तविक सुख प्राप्त गर्न नसकेको अवस्थामा सुख कसरी प्राप्त गर्न सकिन्छ बारे प्रवचन केन्द्रित रहनेछ ।
यस्तै वेद, शास्त्र, पुराण, गीता, भागवत, रामायण लगायत विभिन्न धर्मग्रन्थका प्रमाणद्धारा प्रवचन श्रृंखलामा प्रष्ट पारिने श्यामा श्यामा सत्संगका पूर्वअध्यक्ष एवं सल्लाहकार दीवाकर बास्तोलाले जानकारी दिनुभएको छ । सहभागीको लागि प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution