राष्ट्रिय झण्डा चिनाउने अभियान अब नगरपालिकासम्म

पोखरान्युजडटकम, ६ असार –

राष्ट्रिय झण्डालाई चिनाउँदै ७५ जिल्लाको अभियान पूरा गरेपछि अब सो अभियान मुलुकका सबै नगरपालिकामा पु¥याइने भएको छ । लक्ष्मीनायण शिल्पकारले राष्ट्रिय झण्डा बोकेर देशव्यापी चिनाउने काम गर्दै आउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यहाँ आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्र, संस्कृति एवम् साहित्यकार चेतन कार्कीले अभियानको उद्घाटन गर्दै कुनै पनि मुलुक सार्वभौमसत्ता सम्पन्न भएको चिनारी दिन राष्ट्रिय झण्डा सशक्त माध्यम रहेको बताउनुभयो । उहाँले राष्ट्रिय झण्डामा सूर्य र चन्द्रको चिन्ह राखिनुको अर्थ संसारमा चन्द्रमा र सूर्यको अस्तित्व रहँदासम्म नेपालको पनि अस्तित्व रहनेछ भन्नुुभयो ।

साहित्यकार मुरारी सिग्देलले सामान्य लेखपढ र आर्थिक स्थिति भएका लक्ष्मीनारायणबाट मुलुकभर राष्ट्रिय झण्डाको पहिचान गराउने काम निकै प्रशंसनीय छ भन्नुभयो ।

सो कार्यक्रममा अभियन्ता लक्ष्मीनारायण शिल्पकारले राष्ट्रिय भावनाको कमीले गर्दा समाजमा विकृति बढेको बताउँदै आफ्नो देशव्यापी झण्डा चिनाउने अभियानले पनि राष्ट्रिय भावनाको जागरण ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हाम्रो राष्ट्रिय झण्डाको अस्तित्व मेटियो भने देश पनि मेटिन सक्छ र हामीले आफूलाई नेपाली हौँ भन्ने दिन पनि सकिन सक्ने भएकाले आफूले ७५ जिल्ला भ्रमण पूरा भएको र अबको दुई वर्षभित्र मुलुकका सबै नगरपालिकामा पुग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button