|प्रतीकात्मक तस्बिर
पोखरान्युजडटकम, ६ असार –
राष्ट्रिय झण्डालाई चिनाउँदै ७५ जिल्लाको अभियान पूरा गरेपछि अब सो अभियान मुलुकका सबै नगरपालिकामा पु¥याइने भएको छ । लक्ष्मीनायण शिल्पकारले राष्ट्रिय झण्डा बोकेर देशव्यापी चिनाउने काम गर्दै आउनुभएको छ ।
यहाँ आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्र, संस्कृति एवम् साहित्यकार चेतन कार्कीले अभियानको उद्घाटन गर्दै कुनै पनि मुलुक सार्वभौमसत्ता सम्पन्न भएको चिनारी दिन राष्ट्रिय झण्डा सशक्त माध्यम रहेको बताउनुभयो । उहाँले राष्ट्रिय झण्डामा सूर्य र चन्द्रको चिन्ह राखिनुको अर्थ संसारमा चन्द्रमा र सूर्यको अस्तित्व रहँदासम्म नेपालको पनि अस्तित्व रहनेछ भन्नुुभयो ।
साहित्यकार मुरारी सिग्देलले सामान्य लेखपढ र आर्थिक स्थिति भएका लक्ष्मीनारायणबाट मुलुकभर राष्ट्रिय झण्डाको पहिचान गराउने काम निकै प्रशंसनीय छ भन्नुभयो ।
सो कार्यक्रममा अभियन्ता लक्ष्मीनारायण शिल्पकारले राष्ट्रिय भावनाको कमीले गर्दा समाजमा विकृति बढेको बताउँदै आफ्नो देशव्यापी झण्डा चिनाउने अभियानले पनि राष्ट्रिय भावनाको जागरण ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हाम्रो राष्ट्रिय झण्डाको अस्तित्व मेटियो भने देश पनि मेटिन सक्छ र हामीले आफूलाई नेपाली हौँ भन्ने दिन पनि सकिन सक्ने भएकाले आफूले ७५ जिल्ला भ्रमण पूरा भएको र अबको दुई वर्षभित्र मुलुकका सबै नगरपालिकामा पुग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution