पोखरान्युजडटकम, ७ असार –
झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन घर नष्ट भएका छन् ।
स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा त्यस क्षेत्रका २० वटाभन्दा बढी घर तथा पसल जलेर नष्ट भएका छन् । स्थानीय कपडा व्यवसायी मदन रिजालको घरबाट सुरु भएको आगो छेउछाउका घर तथा पसलसम्म फैलिएको थियो । विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीको भनाइ छ ।
आगलागीबाट मानवीय कुनै क्षति नभए पनि लाखौँ मूल्यका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक रामचन्द्र दाहालले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि दमकसहित, बिर्तामोड तथा भद्रपुरबाट आएको दमकल, प्रहरी, शरणार्थी र स्थानीयको सक्रियतामा राति ११ बजेतिर नियन्त्रणमा लिइएको प्रसनि दाहालले बताउनुभयो ।
क्षतिको सम्पूर्ण विवरण यो समाचार तयार पार्दासम्म आउन सकेको थिएन । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution