पोखरान्युजडटकम, ७ असार –
पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल योगा एसोसियसनले दोस्रो विश्व योग दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले योगलाई पर्यटनको रुपमा विकास गरी मुलुकलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको बताउनुभयो । गौरीशङ्कर हिमालमा ऋषिमुनीहरुले तपस्या र योग गरेको उल्लेख गर्दै उहाँले ऋग्वेदमा योगको चर्चा गरिएको बताउनुभयो ।
भारतीय योगगुरु स्वामी विकासानन्दले शारीरिक र मानसिक समस्याबाट मुक्ति पाउन योग आवश्यक रहेको बताउँदै भन्नुभयो – “यसबारे वर्षको एक दिन भन्दा विद्यालय र अन्य सामाजिक क्षेत्रमा दिनदिनै चर्चा हुन जरुरी छ ।”
नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले योगको आकर्षण देखाएर मुलुकमा पर्यटकको आगमनलाई बढाउनुपर्ने सुझाव दिनुभयो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले नेपालमा अन्तर्राष्ट्रिय योग केन्द्रको आवश्यकता औँल्याउनुभयो ।
एसोसियसनका अध्यक्ष मोहन लम्सालले पर्यटन उद्योगलाई सबल बनाउन सरकारले योगमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पर्यटन र योगसम्बन्धी एक वृत्तचित्र प्रस्तुत गरिएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution