योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गरिनुपर्छ – पर्यटनमन्त्री पोखरेल

पोखरान्युजडटकम, ७ असार –

पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल योगा एसोसियसनले दोस्रो विश्व योग दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले योगलाई पर्यटनको रुपमा विकास गरी मुलुकलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको बताउनुभयो । गौरीशङ्कर हिमालमा ऋषिमुनीहरुले तपस्या र योग गरेको उल्लेख गर्दै उहाँले ऋग्वेदमा योगको चर्चा गरिएको बताउनुभयो ।

भारतीय योगगुरु स्वामी विकासानन्दले शारीरिक र मानसिक समस्याबाट मुक्ति पाउन योग आवश्यक रहेको बताउँदै भन्नुभयो – “यसबारे वर्षको एक दिन भन्दा विद्यालय र अन्य सामाजिक क्षेत्रमा दिनदिनै चर्चा हुन जरुरी छ ।”

yoga day 2

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले योगको आकर्षण देखाएर मुलुकमा पर्यटकको आगमनलाई बढाउनुपर्ने सुझाव दिनुभयो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले नेपालमा अन्तर्राष्ट्रिय योग केन्द्रको आवश्यकता औँल्याउनुभयो ।

एसोसियसनका अध्यक्ष मोहन लम्सालले पर्यटन उद्योगलाई सबल बनाउन सरकारले योगमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।  कार्यक्रममा पर्यटन र योगसम्बन्धी एक वृत्तचित्र प्रस्तुत गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button