सरकार अल्पमतमा परेको सिद्ध गर्न मालेको चुनौती

काठमाडौँ, २९ असार –

सरकारमा सहभागी नेकपा (माले)ले व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावलाई प्रक्रियाबाट सिद्ध गर्न चुनौती दिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेकपा (माओवादी केन्द्र) को सरकार छोड्ने निर्णयले उत्पन्न गरेको परिस्थितिबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय रातोपुलमा आज बसेको मालेको स्थायी कमिटी बैठकले स्वावलम्बन र आत्मनिर्भरता तर्फ मुलुकलाई अघि बढाउन प्रतिबद्घ केपी शर्मा ओली नेतृत्वको प्रगतिशील तथा राष्ट्रवादी सरकारबाट माओवादी केन्द्र बाहिरिनु दुभाग्यपूर्ण रहेको ठहर गरेको हो ।

बैठकपछि मालेका महासचिव तथा उपप्रधानमन्त्री सिपी मैनालीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वर्तमान अस्थिरता निम्तिनुमा मुलुकलाई सदैव अस्थिरतामा फसाई राख्न चाहने बाह्य शक्तिद्वारा निर्मित योजनामुताविक कार्यशैली अवलम्बन गर्ने पार्टीको चरम सत्तालोलुपता नै मुख्य कारकका रुपमा देखिएको उल्लेख गरिएको छ ।

“सरकारबाट माओवादी केन्द्रको बहिर्गमनपछि वर्तमान सरकारलाई अल्पमतमा पारयौँ भनेर उनीहरुले जुन दाबी गरेका छन्, त्यसलाई व्यवस्थापिका–संसद्को आवश्यक प्रक्रियाद्वारा उनीहरुले सिद्घ गर्नु पर्दछ, सरकारले त्यससम्बधी गृहकार्य थाल्नु नै उपयुक्त हुन्छ भन्ने बैठकको निष्कर्ष छ” – विज्ञप्तिमा भनिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button