मिस कल्चरको उपाधि कसको पोल्टामा, फाईनल शनिबार हुने

पोखरा, ३१ असार –

पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिको आयोजनामा भोलि शनिबार पोखरा सभागृह हलमा मिस कल्चर नेपाल २०१६ को फाइनल प्रतिष्प्रर्धा हुदैछ । जेठ १३ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको विभिन्न चरणहरू पार गर्दै १५ जना प्रतिस्पर्धीहरू फाइनल चरणमा प्रतिष्प्रर्धा गर्ने भएको कार्यक्रम संयोजक दिनेश शर्माले बताए ।

प्रतियोगिताको अन्तिम तयारी समेत पुरा भएको बताएका शर्माले विजेतालाई नगद सहित विभिन्न पुरस्कार प्रदान गरीने भएको जनाए । संजिता फिल्म प्रा.लि.ले बजारमा ल्याउन लागेको नेपाली कथानक चलचित्र ‘चर्खा’ले मिस कल्चर नेपाल २०१६ को मुख्य प्रायोजन गरेको छ भने प्रतियोगितामा विजेता हुनेलाई यस फिल्मको नायिकाको हुने अवसर मिल्ने भएको शर्माले जनाए । विजेता सहित चौथो स्थानसम्म हासिल गर्ने प्रतियोगिहरुलाई क्लारा हङकङ व्युटि ईन्स्टिच्युट प्रालिले निशुल्क रुपमा व्युटिसियन सम्बन्धि तालिम दिने भएको छ । त्यसै गरी लेखनाथ मिडिया हाउसले ३ जना प्रतियोगिहरुलाई म्युजिक भिडियो खेल्ने अवसर दिने भएको छ भने पोखरा बहुमुखी क्याम्पसले निशुल्क स्नातक तहसम्मको अध्ययन गराउने भएको छ ।

चलचित्रका निर्माता तथा निर्देशक धर्मराज बर्ताैलाले लोकउन्मुख संस्कृतिको संरक्षण र प्रवद्र्धनका साथै समाजका हरेक क्षेत्रमा लुकेर रहेका अनौठा प्रतिभाको प्रस्फुटनका निम्ति आफूले मुख्य प्रायोजन गरेको बताए । विभिन्न क्षेत्रमा अनुभवी प्रशिक्षकहरूद्वारा प्रतियोगीहरूको आत्माविश्वास बढाउने खालका प्रशिक्षणहरू प्रदान गरिएको पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लिका प्रमुख शोभा गौतमले बताईन ।

फाईनल पतियोगितको अवसरमा विभिन्न आमा समूहहरूले आ–आफ्नो जातको संस्कृति झलकाउने खालका प्रतिभा देखाउने र कार्यक्रममा प्रतिस्प्रधिहरूले आ–आफ्नो संस्कृति झल्काउने पहिरन लगाउने भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button