सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि प्रस्र्याङ युनाईटेडलाई

  • पोखरा न्यूज
  • २०७३ श्रावण १
Post Thumbnail

पोखरा, १ साउन –

पोखरामा शनिबार सम्पन्न भएको सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि प्रस्र्याङ युनाईटेड क्लवले जितेको छ ।

पोखरा मालेपाटनको अभियान युवा क्लवले सशस्त्र प्रहरी वल कालिकागणको खेल मैदानमा आयोजना भएको फाईनल खेलमा प्रस्र्याङ युनाईटेडले मालेपाटन टोल विकास संस्थालाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । विजेता टिमले नगद ५ हजार सहित ट्रफि मेडल प्राप्त गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस