पोखराको केदारेश्वरमा माग्न बस्नेलाई मितेरीले खाना खुवाउने

पोखरा,२ साउन –

साउनको महिना शिव भगवानको आरधना गर्ने महिना । केदारेश्वर लगायतका मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्छ । भक्तजनको मात्र होइन मठ मन्दिरमा आफ्नो जिवन निर्वाहका लागी माग्न वस्नेहरुको समेत भिड हुन्छ । सोही कुरालाई मध्येनजर गर्दै हरेक मानिसको सम्मान गरौ मानवीयता दर्शाऔ भन्ने उद्घोषका साथ सामाजिक जागरणका लागि नारी अभियान कास्कीले आयोजना गरेको खाना खुवाउने कार्यक्रममा पहीलो दिन मितेरी नारी समुहले खानाको व्यवस्था गर्ने भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मितेरी नारी समुह र सामाजिक जागरणका लागि नारी अभियानको संयुक्त रुपमा वसेको वैठकले उक्त निर्णय गर्दै सम्पुर्ण तैयारी पुरा भएको जानकारी गराएको हो । समुहका अध्यक्ष कमला पहारी तथा पुर्व अध्यक्ष कल्पना पहारीले खाना खुवाउने कार्यक्रममा मीतेरी नारी समुहले संयोजन गर्न पाएकोमा खुसी व्यक्त गरे । साथै समुहले सम्पुर्ण भक्तजनलाई प्रसादको व्यवस्था समेत गरेको जानकारी गराए । त्यस्तै अभियानका संयोजक सुष्मा पौडेलले भक्तजन तथा विभिन्न समुहहरुलाई खाना खुवाउने कार्यक्रममा सहकार्य गर्न अनुरोध गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button