कसमस कलेजको ‘बुटक्याम्प’ धम्पुसमा

पोखरा, ४ साउन –

पोखरा पालिखे चोक स्थित कसमस इन्टरनेशनल कलेजले आयोजना गरेको ‘बुटक्याम्प’ मंगलवारबाट कास्की पर्यटकिय स्थल धम्पुसमा सुरु भएको छ । उक्त ‘बुटक्याम्प’मा भिजनरी इन्टरनेशनलका प्रमुख इन्द्र गुरुङ्गले सहजीकरण गर्नु हुनेछ ।

यस अघि ‘बुटक्याम्प’को सुरुवात गर्दै गुरुङ्गले विद्यार्थीलाई अभिभावक तथा समाजमा थप उत्तरदायी बनाउन यस प्रकारका कार्यक्रम महत्वपुर्ण हुने वताउनुभयो । उहाँले अभिभावक जति आफ्ना छोरा–छोरी प्रती उत्तरदायी रहेपनि छोरा–छोरीहरु आफ्ना परिवारजनमा शिष्टाचारी समेत बन्न नसकेको प्रतिइंगित गर्दै समाजमा ठूलो मानिस भन्दापनि राम्रो वैज्ञानिकको खाँचो रहेको कुरा औल्याउनुभयो । उहाँले ‘बुटक्याम्प’ उनीहरुको अध्ययन अध्यापनमा उर्जा थप्ने संग संगै चेतना जागृत गर्न सहयोगी समेत हुने धारणा राख्नुभयो ।

cosmos college

यसअघि कार्यक्रमको शुभारम्भ गर्दै कसमस गु्रपका अध्यक्ष एवम कलेजका कार्यकारी निर्देशक तेज गुरुङ्गले विद्यार्थीहरुमा परिवर्तन ल्याउन र उत्साह जगाउन ‘बुटक्याम्प’ सहयोगी हुने वताए । विद्यार्थीहरु भित्र रहेको क्षमतालाई बाहिर ल्याउन तथा जिवनपयोगी बनाउन र त्यस बाट राम्रो प्रतिफल प्राप्त गर्न कलेजले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको निर्देशक गुरुङ्गले वताए ।

कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षातामा भएको उक्त कार्यक्रममा कलेजका एकाडेमिक कोर्डीनेटर भरत गुरुङ्ग, अभिभावक विष्णु गौतम लगाएतले बोलेका थिए । तिनदिन सम्म चल्ने ‘बुटक्याम्प’मा विज्ञान र व्यवस्थापन गरि ६० जनाविद्यार्थीहरुको सहभागिता रहेको छ । बेलायतको क्यामव्रिज विश्वविद्यालयसंग सम्वन्धन प्राप्त कसमस कलेजमा ए लेभेल को अध्यययन अध्यापन हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button